सिंहदरबार गाउँमा आयो, अधिकार आएन: मुख्यमन्त्री पाण्डे

बाग्लुङ | माघ १५, २०८०

सिंहदरबार गाउँमा आयो, अधिकार आएन: मुख्यमन्त्री पाण्डे

ढोरपाटन:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गाउँगाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताएका छन् । 


बागलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहमा पूर्णरुपमा अधिकार नआएको बताए ।  


सीमित स्रोत साधन हुँदा पनि गण्डकी प्रदेशले प्राथमिकताका आधारमा जनतालाई सेवा सुविधा दिइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो  । उनले स्थानीय पालिका घरआँगनको सरकार भएको हुँदा नागरिकको हरेक समस्या बुझ्न र समाधान गर्नतर्फ लाग्नुपर्ने उनले बताए ।


“हामी सङ्घीयताको कार्यान्वयनको चरणमा छौँ, जनताले हामीहरुबाट धेरै अपेक्षा गरेका छन् तर सीमित स्रोत साधान र पूर्ण रुपमा अधिकार आउन नसक्दा नागरिकको जनचाहनाअनुसार काम हुन सकेको छैन, यद्यपि प्रदेश सरकारले धेरै विकास गरेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “अब कुनै पनि नागरिक स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउने पर्ने छैन, गण्डकी सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लगेको छ ।”


मुख्यमन्त्री पाण्डेले गण्डकीमा कोदोको रक्सीलाई ‘ब्रान्डेड’ बनाउनका लागि गृहकार्य गरिरहेको जानकारी दिए । विदेशी रक्सी खुलेआम बिक्री हुने तर स्थानीयस्तरमा उत्पादन भए चीजलाई निषेध गर्न नहुने उनको भनाइ छ । यस वर्षदेखि प्रदेश सरकारले जनताले खानेपानी महङ्गो हुन्छ भनेर लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महसुल निःशुल्क गरेको उनले बताए  ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्